लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता
९ कात्तिक २०८२, काठमाडौं । लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको जानकारी गराउन चाहन्छौं। उक्त सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट बिनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसीले हस्ताक्षर गर्नुभएको छ। यो सम्झौताका माध्यमबाट नेपालको खेल पूर्वाधार विकासमा एउटा ऐतिहासिक कदम चालिएको हामी विश्वास गर्छौं।
