स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा
नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गरेलगत्तै मन्त्री शर्माले आफ्नो पहिलो निर्णयको रूपमा जेनजी आन्दोलनबाट प्रभावित घाइतेहरूसहित सबै व्यक्तिहरूका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छन् ।
