SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८२ १२:४० PM · 1 मिनेट पढाइ

कर्मचारीहरुलाई स्वास्थ्यमन्त्री गौतमको चेतावनी– ‘कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्’

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिएकी छन् । पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा बोल्दै मन्त्री गौतमले यस्तो निर्देशन दिएकी हुन् । मन्त्रालयको कुनैपनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उनले चेतावनी दिइन् ।