नेपाल अमेरिकासँग १०६ रनले पराजित
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-टू क्रिकेटअन्तर्गत पाँचौँ सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । युएईमा भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । योसँगै नेपालको १७ खेलमाबाट १२ अंकमात्र छ । जितपछि अमेरिका भने ३० अङ्कमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
