SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८२ ०१:३९ PM · 1 मिनेट पढाइ

राजदूत फिर्ताको कारण पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयको कारण पेश गर्न आदेश जारी गरेको छ । राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो ।