SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८२ ०१:५७ PM · 1 मिनेट पढाइ

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ ?

गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। मन्त्रालयले आइतबार रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई नयाँ जिल्लामा सरुवा गरेको हो। मन्त्रालयले केही जिल्लामा नयाँ सीडिओको जिम्मेवारी तोकिएको छ भने केहीलाई स्थानान्तरण गरी अन्य जिल्लामा पठाइएको छ।