SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८२ ०२:१६ PM · 1 मिनेट पढाइ

छठ पूजाको तयारी पूरा

मधेस प्रदेशमा आराध्यदेव सूर्यको पूजाआजा गरी निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी पूरा भएको छ । तराई मधेशलगायत देशका विभिन्न भूभागमा सुख र समृद्धिको कामनासहित यो पर्व विशेष् रूपमा मनाइन्छ । विशेषगरी तराई मधेश क्षेत्रमा बस्ने हिन्दू धर्मावलम्बीले यसलाई महत्त्वका साथ मनाउने गर्दछन् ।