SHARE
कालिका खबर · शुक्रबार​ ७ कात्िक २०८२ ०६:४० AM · 1 मिनेट पढाइ

देउसीभैलोमा कुटपिट हुँदा एक जनाको मृत्यु

नवलपरासी पूर्व : विनयी त्रिवेणी गाउँपालिकाको एक गाउँमा देउसीभैलोमा झगडा र कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विनयी त्रिवेणी वडा नम्बर ४ को गोग्दीमा भाइटीकाका दिन झगडापछि स्थानीयले कुटपिट गर्दा ४४ वर्षका सन्तबहादुर ठाडाको मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले स्थानिय रिंकु गुरुङ, अर्का एक नाबालक र धरन पाइजालाई शुक्रबार पक्राउ गरेको जनाएको छ।