SHARE
कालिका खबर · शुक्रबार​ ७ कात्िक २०८२ १०:२९ AM · 1 मिनेट पढाइ

सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह

सिराहा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सत्तामा उदय नै अदृश्य तवरले भएकोले यो सरकारले देशलाई सही दिशा दिन नसक्ने साहको टिप्पणी छ । पूरानै संविधान र पूरानै व्यवस्था राखेर अघि बढ्दा गन्तव्य पनि पूरानै नेपाल हुने उल्लेख गर्दै साहले अबको निकास भनेको नै ‘सरकार बदलावसंगै व्यवस्थाको पनि बदलाव हो । अन्तरिम सरकार र अन्तरिम संविधान’ भएको ठोकुवा गरे ।