एमालेमा ३ हजार हाराहारी महाधिवेशन प्रतिनिधि छनोट हुने
काठमाडौँ । केही दिनभित्रै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसेर ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने भएको छ । गत असोज ३१ गते सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको कार्यतालिका र महाधिवेशन छनोट विधि तय गरेको छैन । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम एकदुई दिनभित्र केन्द्रीय सचिवालय बैठक बसेर महाधिवेशन प्रतिनिधि छनोटको विधि र मापदण्ड तय गर्ने बताउँछन् ।
