SHARE
कालिका खबर · शुक्रबार​ ७ कात्िक २०८२ ०१:२८ PM · 1 मिनेट पढाइ

धनुषाका जेनजी युवाहरूलाई प्रभु साहले आजपामा प्रवेश गराए

जनकपुरधाम । धनुषा जिल्लाका जेनजी युवाहरू आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । धनुषा जिल्लाको सबैला नगरपालिका – ९ कुशमाहामा आज दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आज आयोजित कार्यक्रममा जेनजी युवाहरू आजपामा प्रवेश गरेका हुन । आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले उनिहरुलाई पार्टीमा प्रवेश गराउदै देश र जनताको सेवामा लाग्न आग्रह गरे । जेनजी युवाहरुको माग अनुसार सुशीला कार्की नेतृत्वको सरकारले काम नगरेको बताउदै आजपा अध्यक्ष साहले भ्रष्टाचारी र जेनजी आन्दोलनका हत्यारालाई कारबाही गर्न वर्तमान सरकारले खुट्टा कमाएको बताए ।