SHARE
कालिका खबर · शुक्रबार​ ७ कात्िक २०८२ ०६:०८ PM · 1 मिनेट पढाइ

गढीमाई मन्दिर परिसरमा पुरी परिवारद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

बीरगञ्ज,पर्सा। दीपावलीको अवसरमा श्रद्धा र पुर्खाप्रतिको सम्झनामा पुरी परिवारद्वारा गढीमाई मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। वीरगञ्ज महानगरपालिका–२० हरतगञ्ज अपौनी टोलमा रहेको ऐतिहासिक गढीमाई मन्दिर र मन्दिरको पछाडि रहेको पुरी परिवारको समाधिस्थलमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम दीपावलीको दोस्रो दिन अर्थात् लक्ष्मी पूजाको भोलिपल्ट बिहानदेखि साँझसम्म सम्पन्न गरिएको थियो। यो परम्परा आजभन्दा सात वर्षअघि कोरोनाकालदेखि सुरु गरिएको हो र त्यसयता हरेक वर्ष निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ।