ईपीजी प्रतिवेदनका विषयमा सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने परराष्ट्रको अपेक्षा
काठमाडौं : परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनका विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ।शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुने अपेक्षा रहेको बताए। उक्त विषय पनि नयाँ म्यान्डेट र दृष्टिकोणअनुसार अघि बढ्ने विश्वास रहेको उनको भनाइ छ।