पूर्वमुख्यसचिव अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं : काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार अदालतमा पेश गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो । अदालत ल्याउनुअघि अर्याललाई सरकारी वकिलको कार्यालयमा पुराइएको थियो । त्यसपछि प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो ।