भक्तपुरमा धानबाली भित्र्याउने चटारो
काठमाडौँ । तिहार सकिएलगत्तै भक्तपुरका किसान धानबाली भित्र्याउने चटारोमा छन् । शुक्रवार दिउँसो भक्तपुरस्थित ठिमी बोडेको धानबारीमा भेटिएका उनीहरूले आफूहरू बाली भित्र्याउने काममा व्यस्त रहेको बताएका हुन् । ठिमीकी सुनिता कोजुले खेतीबाली भित्र्याउने काममा आफूहरू व्यस्त रहेको बताए । उनले सरकारले किसानहरूलाई खेतीवालीका लागि मल र बीउ सहज ढंगले उपलब्ध गराउन नसकेको गुनासो गरे ।
