SHARE
लोक पथ · शुक्रबार​ ७ कात्िक २०८२ ०९:२० AM · 1 मिनेट पढाइ

गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता

काठमाडौं । गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ । गायिका नितु पौडेलको परिवारले बाबुलविरुद्ध प्रहरी वृत्त सिंहदरवारमा जाहेरी दर्ता गराएको प्रहरी स्रोतले जनाएको छ । गायिका नितु पौडेलले गत कात्तिक १ गते अनामनगरस्थित गिरीकै रेकर्डिङ स्टुडियोमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन् ।