SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

एकताबद्ध र अनुशासित भएर अघि बढ्न कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले पार्टीप्रति जनताको आकर्षण पुनः फर्काउन एकता, अनुशासन र सही राजनीतिक कार्यदिशा आवश्यक रहेको बताएका छन् ।