SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

एनएमबी बैंक र भिजाबीच अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्ने सम्झौता

काठमाडौं । एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई थप सहज र प्रभावकारी बनाउने लक्ष्यसहित भिजासँग सहकार्य गरेको छ । बैंकले भिजाको ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता गरेको हो । यस सम्झौतापछि एनएमबी बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज माध्यम प्राप्त गर्नेछन् ।