SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ १२:१० PM · 1 मिनेट पढाइ

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङले बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।