सुदूरपश्चिम रोयल्सले पायो १४६ रनको लक्ष्य
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सले १४६ रनको लक्ष्य पाएको छ । सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको थियो । बुधबार साँझ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य निर्धारण गरिदिएको हो ।
