सिटिजन्स् बैंकका ग्राहकलाई एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ललितपुरको बालकुमारी, खरीबोटस्थित एथलीट ल्यान्ड प्रालिमा विशेष छुट पाउने भएका छन् । यसका लागि सिटिजन्स् बैंक र एथलीट ल्यान्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
