SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्टदेखि संगीतसम्मको मनोरञ्जन

काठमाडौं । युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, खेलकुद, संगीत र मनोरञ्जनलाई समेटेर ‘पल्सर आरपीएम’ कार्यक्रम पोखरामा आयोजना हुने भएको छ । कार्यक्रम कात्तिक १४ गते पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा हुन लागेको हो । कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीतलगायत विभिन्न गतिविधि सञ्चालन हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।