SHARE
लोक पथ · शुक्रबार​ ७ कात्िक २०८२ १०:०६ AM · 1 मिनेट पढाइ

जनकपुर बोल्ट्सले लाहिरू मिलान्थालाई दोस्रो सिजनका लागि पनि अनुबन्ध गर्‍यो

काठमाडौं । अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि जनकपुर बोल्ट्सबाटै खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई यो सिजनका लागि पुनः अनुबन्ध गरेको जनाएको छ । एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलिसकेका मिलान्थाले यसअघि पनि नेपालमा खेलिसकेका छन् ।