कोप-३० मा नेपालले पेस गर्दैछ ९ एजेन्डा
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप-३०)को मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको छ। कोप-३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ।
