SHARE
पर्दाफास · शुक्रबार​ ७ कात्िक २०८२ ०१:१२ PM · 1 मिनेट पढाइ

देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । देउसी भैलो खेल्न आएको युवाहरूको कुटपिटबाट सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।