रुकुममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
