मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग पराजित
त्रिकोणात्मक अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ। भारतको शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा आज सम्पन्न खेलमा इरानसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो। यस जितसँगै इरानले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ। पहिलो खेलमा इरानले घरेलु टोली भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
