SHARE
कालिका खबर · बुधबार ५ कात्िक २०८२ ०६:२५ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।