हिमालयन कफी बिन्सका सञ्चालक जनक बुढाथोकीको ठगी धन्दा सार्वजनिक
काठमाडौं । राजधानीको कालिकास्थानस्थित हिमालयन कफी बिन्स क्याफेका प्रबन्ध निर्देशक (MD) जनक बुढाथोकी माथि ठगी धन्दा सञ्चालन गरेको आरोप लागेको छ। प्राप्त जानकारी अनुसार, बुढाथोकीले आफ्नो साथीसंगी तथा व्यापारीहरूलाई तिहारको अवसरमा तास खेल्ने बहानामा बोलाउने, त्यसपछि आफ्नै मिलेको समूह बनाएर तास खेल्ने गरेका छन्। उक्त समूहमा ३ जनाको सेटिङ टिम बनाइने र तिनीहरूले कानमा ब्लुटुथ लगाएर बाहिरबाट सर्टिङ गर्ने तथा अन्य खेलाडीलाई हराउने गरी योजनाबद्ध रूपमा रकम ठगी गर्ने गरेको आरोप लागेको हो।
