नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सव- इन्जिनियरविरुद्ध मुद्दा
काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी तथा सार्वजनिक संस्थामा जागिर खाएको आरोपमा सव -इन्जिनियर भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ निवासी सोमैविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।आयोगका अनुसार सोमैले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी ओखलढुङ्गास्थित रूम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष प्राविधिक शिक्षकका रूपमा करार सेवामा काम गरेका थिए।