सिटिजन्स बैंकद्वारा नारायणहिटी पथ र कमलादीमा इभी चार्जिङ स्टेशन सञ्चालनमा
१ साउन, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरणमैत्री अभियानलाई सशक्त बनाउने क्रममा काठमाडौं उपत्यकाको दुई प्रमुख स्थानहरू नारायणहिटी पथ र कमलादी स्थीत आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ। गाडी चार्ज प्रा.लिसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको क्षमता ४० किलोवाट रहेको छ ।
