साउन १ बाट सुरु भयो ‘IME Khalti’: खल्ती र आईएमई पे को एकीकृत सेवा सञ्चालनमा
२ साउन, काठमाडौं। आईएमई पे र खल्ती मर्ज भएर, साउन १ गते देखि ‘खल्ती बाई आईएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ। नेपालमा पहिलो पटक भएको दुई वालेट बिचको यस एकीकरणलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको उपस्थितिमा याक एन्ड यतिमा एक भव्य समारोह गर्दै औपचारिक घोषणा गरिएको हो।
