ज्योति विकास बैंक “ISO 27001:2022” प्रमाणपत्र प्राप्त गर्न सफल
२ साउन, काठमाडौं। ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ। यस सँगै ISO 27001:2022 प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंकको रूपमा ज्योति विकास बैंकले ऐतिहासिक उपलब्धि हासिल गरेको हो।
