प्रथम जे.पी. स्मृति कप फुटबलको उपाधि ए–वानलाई
५ कात्तिक २०८२, मुगु । मुगुको सदरमुकाम गमगढि बजारमा खेलमैदान नभएको अवस्थामा पनि तिहारको बिदाको समयको मौका छोपेर महाकाली नमुना उच्च मावि विद्यालयको मैदानमा प्रथम जे.पी. स्मृति कप फुटबल प्रतियोगिता–२०८२ को उपाधि ए–वान फुटबल क्लबले हात पारेको छ । ए–वान फुटबल क्लबले कच्चे फुटबल क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजेताको उपाधि जितेको हो ।
