फलफूल खेतीमा रमाएको घिमिरे दम्पती
रामेछाप । रामेछाप नगरपालिका–८ बाबियाखर्कका प्रह्लाद घिमिरेका दम्पती अहिले फलफूल खेतीमा रमाएका छन् । सरकारी सेवाबाट निवृत्त भएपछि घिमिरेले बाँझो बस्न लागेको आफ्नो जग्गामा विभिन्न जातको फलफूलका बिरुवा लगाएर हराभरा बनाएका छन् । घिमिरे दम्पतीले आफ्नो सबै जग्गामा अहिले फलफूल खेती सुरु गरेका छन् । रमणीय बगैँचा बनाएका छन् ।
