SHARE
पर्दाफास · बिहीबार ६ कात्िक २०८२ ०९:२४ AM · 1 मिनेट पढाइ

धापाखेलबाट पेस्तोलसहित एक जना पक्राउ

ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले गए राति २:५० बजे खोटाङ, साकेला गाउँपालिका९१ का शिवकुमार बिकलाई पेस्तोल र चार लाख ७८ हजारसहित पक्राउ गरिएको जनाएको छ । खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका-२३ धापाखेलमा बस्दै आएका थिए ।