लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी
सर्लाही । दीपावलीको रौनक मनाइरहेको बेला सर्लाहीका छुट्टाछुट्टै तीन स्थानमा आगलागी भएको छ । लक्ष्मीपूजाको रात परेका आगलागीमा करिब दुई करोड पचास लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका – ५ मेजरगन्जमा राति साढे ११ बजेतिर कैलाश साहको किराना गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । जस्ताले छाएको इँटाको एकतले गोदाममा लागेको आगो नियन्त्रणका लागि नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको टोली खटिएको थियो ।
