श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु
काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका-६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ । वर्ष ५५ को बुद्धसिं वाइबालाई घरायसी बिबादको कारण श्रीमती वर्ष ४८ की राधिका वाइबाले यही कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते गराएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्धसिंको सिन्धुली अस्पताल तथा थप उपचारको लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो । अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए ।
