करोडौँ बक्यौता नतिरेपछि प्राधिकरणले काट्यो शिवम सिमेन्टको विद्युत् लाइन
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम सिमेन्ट उद्योगको विद्युत् लाइन नेपाल विद्युत् प्राधिकरणले आज बिहान काटेको छ। प्राधिकरणका अनुसार उद्योगले विगतमा लोडसेडिङ अवधिमा डेडिकेटेड र ट्रंक लाइनमार्फत अतिरिक्त विद्युत् उपभोग गरे पनि प्रिमियम महसुल तिरेको थिएन। यही कारणले लामो समयदेखि बाँकी रहेको महसुल असुल गर्न प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेको हो। हेटौंडा वितरण केन्द्रका प्रमुख शिवराज यादवका अनुसार शिवम सिमेन्ट उद्योगले हालसम्म ७७ करोड ८८ लाख रुपैयाँ महसुल तिर्न बाँकी राखेको छ। उनले भने, “कयौँ पटक माग गर्दा पनि उद्योगले रकम नतिरेकाले आज बिहान लाइन काटिएको हो।
