तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा र कुकुर तिहार
यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन । आज कुकुर तिहार र लक्ष्मी पूजा परेको छ । आज बिहान कुकुर पूजा गरिँदैछ । बफादार र द्वारपालको रुपमा कुकुरको पूजा गरिन्छ । यस अवसरमा कुकुरलाई मिष्ठान्न भोजन गराइन्छ । त्यसैगरी, आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ ।
