SHARE
पर्दाफास · मङगलबार ४ कात्िक २०८२ १२:१२ PM · 1 मिनेट पढाइ

रामेछापमा मध्यपहाडी लोकमार्ग निर्माण सकिने बित्तिकै धसियो

पूर्वलाई राजधानीसँग जोड्ने छोटो मार्ग बिपी राजमार्गको वैकल्पिक मार्गको रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत कोथवे–लुभु–डहु डोजरडाँडा ११ किलोमिटर सडक खण्ड काम सकिने बित्तिकै धसिएको छ । गएको असारमा निर्माण सम्पन्न भएको सो सडक ठाउँ ठाउँमा भासिएको सुनापति गाउँपालिका–४ का राज मैनालीले जानकारी दिए ।