SHARE
पर्दाफास · मङगलबार ४ कात्िक २०८२ ०१:५१ PM · 1 मिनेट पढाइ

दोधारा चाँदनीमा एक लाख मूल्य बराबरका पटाका बरामद गरी नष्ट

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बजार क्षेत्रमा प्रहरीले रु एक लाख मूल्य बराबरका अवैध पटाका बरामद गरी आज नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले गोप्य सूचनाको आधारमा बाबाथान बजारको सडक छेउमा तीनवटा बोरामा बेवारिसे अवस्थामा राखिएका विभिन्न किसिमका पटाका फेला पारेको हो ।