भक्तपुरमा जुवाखालबाट ९ लाखसहित २७ जना पक्राउ
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट नौ लाख २३ हजार ९६० नगरसहित २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
