SHARE
पर्दाफास · मङगलबार ४ कात्िक २०८२ ०२:१० PM · 1 मिनेट पढाइ

सर्वदलीय बैठकमा चुनावी सुरक्षाबारे दलहरूको चासो

सर्वदलीय बैठकमा दलहरूले चुनावी सुरक्षाबारे चासो राखेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठक जारी छ । नेताहरूले पालैपालो बोल्ने क्रम चलिरहेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार पहिलो चरणमा सबैले बोल्ने क्रम करिब अन्त्यतिर पुगेको छ ।