वीरगञ्ज स्कुल आइडल सिजन–२ का प्रतिभा सम्मानित कला र संगीतले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छः वडाअध्यक्ष पराग
वीरगञ्ज, ३० असोज। कला र संगीतको सहरका रूपमा परिचित वीरगञ्जमा आयोजना गरिएको ‘वीरगञ्ज स्कुल आइडल सिजन–२’ का प्रतिभाशाली सहभागीहरूलाई विशेष सम्मान गरिएको छ। वीरगञ्ज महानगरपालिका–२० का वडाअध्यक्ष रामकिशोर सिंह परागको पहलमा आयोजित कार्यक्रममा प्रतियोगितामा सहभागी युवा–युवतीलाई प्रमाणपत्र र प्रोत्साहन स्वरूप सम्मान प्रदान गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष परागले संगीत र कलाले समाजमा सकारात्मक ऊर्जा भर्ने र युवालाई कुलत तथा दुर्व्यसनबाट टाढा राख्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “कला र संगीतले केवल मनोरञ्जन मात्र होइन, समाजमा चेतना र परिवर्तन ल्याउने माध्यमका रूपमा पनि काम गर्छ। त्यसैले स्थानीय तहले यस्ता सिर्जनात्मक गतिविधिमा लगानी बढाउनुपर्छ।
