SHARE
कालिका खबर · बिहीबार ३० असो २०८२ १०:४४ AM · 1 मिनेट पढाइ

बजारलाई थप व्यवस्थित बनाउन अनुगमनलाई तीव्रता दिँदै कामपा

काठमाडौँ, ३० असोज । चाडपर्व नजिकएसँगै काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । कामपा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन थालेको हो । नयाँबानेश्वर क्षेत्रमा रहेका साना होटल तथा रेष्टुराँ व्यवसायमा अनुगमन गर्दा अधिकांश व्यवसाय मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको कामपाले जनाएको छ । काठमाडौँ महानगरपालिका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेका अनुसार कानुनविपरीत सञ्चालन गरिएको व्यवसायलाई नियमानुसार आउन निर्देशन दिइएको जनाउँदै अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने बताउनुभयो । उहाँका अनुसार सानो लापरवाहीबाट विभिन्न रोगको सङ्क्रमण फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनु व्यवसायीको कर्तव्य हो ।