नियमित महाधिवेशनको कार्यतालिका नआए विशेष महाधिवेशन बाध्यता हुन्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन मङ्सिरभित्र हुने गरी कार्यतालिका केन्द्रीय कार्यसमितिमा नआए विशेष महाधिवेशन बाध्यता हुने बताएका छन् । केन्द्रीय कार्यसमितिको पार्टी कार्यालय सानेपामा बसेको बैठकमा एजेन्डा पेस गर्दै महामन्त्री थापाले विशेष महाधिवेशन माग गर्नेहरू पनि मङ्सिर मसान्तभित्र नियमित महाधिवेशन होस् भन्ने चाहना राख्ने बताए । थापाले बैठकमा कार्यसम्पादन समितिले तय गरेका ८ एजेन्डा पेस गरेका छन् । एजेन्डा पेस गर्दै थापाले विशेष महाधिवेशन माग गर्दै दर्ता भएको पत्रमा विधानबमोजिम आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाइने बताए ।
