SHARE
कालिका खबर · बिहीबार ३० असो २०८२ ०३:३९ PM · 1 मिनेट पढाइ

पर्सामा जेन्जी संगठन विस्तार र मतदाता दर्ता अभियानमा जनमत पार्टी सक्रिय

वीरगंज — जनमत पार्टी पर्साले जिल्लाका विभिन्न गाउँपालिका, टोल र वडाहरूमा जेन्जी जनमत संघ गठन अभियानलाई तीव्रता दिएको छ। साथै, पार्टीले वडा स्तरीय जेन्जी मतदाता दर्ता अभियान पनि सक्रिय रूपमा सञ्चालन गरिरहेको जनाएको छ। जनमत युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडाहरू र ग्रामीण पालिकाका ७ वटा वडाहरूमा जेन्जी जनमत संघ गठन भइसकेको छ। उनका अनुसार कार्तिक महिनाभित्रै सबै वडाहरूमा जेन्जी जनमत संघ र युवा दस्ता गठन गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।