विद्या सदन विद्यालयमा नेपाल स्काउटद्वारा ग्यास सुरक्षा तथा विपद् व्यवस्थापन प्रशिक्षण सम्पन्न
वीरगंज — विद्या सदन माध्यमिक विद्यालय, मुर्ली, वीरगंज–१२ मा आज “जीवन कौशल पाठ्यक्रम” अन्तर्गत असोज महिनाको विषय “सुरक्षा र सचेतना” को सिलसिलामा नेपाल स्काउट पर्साका विज्ञ प्रशिक्षक श्री भूप नारायण पटेल र श्री उमेश कुमार गुप्ताद्वारा ग्यास सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी व्यवहारिक तथा प्रेरणादायी प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो। विद्यालयको मैदानमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई ग्यास सुरक्षा, आपतकालीन अवस्थाहरूमा तुरुन्त प्रतिक्रिया जनाउने तरिका, र फायर एक्स्टिङ्गुशरको सही प्रयोगबारे प्रत्यक्ष अभ्यास गराइयो।
