नेपालको शानदार जित: ओमानलाई पराजित गर्दै टी-२० विश्वकप छनोटको शीर्ष स्थानमा
३० असोज २०८२, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई हराएको छ । बुधबार राति भएको खेलमा नेपाल ले ओमानलाई ३८ रनले पराजित गरेको हो । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्यो ।
